Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की बिहानै नाम्चेमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २९ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज ९बिहीबार० बिहानै हिमाली जिल्लाको भ्रमणमा निस्केकी छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार निर्वाचन तयारीको वस्तुस्थिति बुझ्न कार्की आज बिहान काठमाडौँबाट हेलिकप्टरमा सोलुखुम्बुको नाम्चे पुगेकी छन्।

‘प्रधानमन्त्रीज्यूले नाम्चेका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ’, प्रेस सल्लाहकार रावलले भने, ‘भ्रमण आज र भोलिसम्म जारी रहनेछ।’

उनका अनुसार अहिले प्रधानमन्त्री कार्कीले सल्लेरी र नाम्चे भ्रमण गर्नेछिन्। आउने फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ।


प्रतिकृया दिनुहोस्