Skip

Hamro Sanchar

आज काठमाडौँको वायु विश्वकै ८ औँ नम्बरको अस्वस्थ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २७ गते


काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ तहमा छ।

हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स का अनुसार अहिले (मंगलबार बिहान १० बजे)को मापनअनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७९ एक्युआई पुगेको छ। इन्डेक्सका अनुसार यो मापन विश्वका प्रदूषित शहरको आठौँ नम्बर हो।

गएको आइतबार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको थियो।

आज विश्वकै सबैभन्दा प्रदूषित सहर बंगलादेशको राजधानी ढाका छ। जहाँको प्रदूषण यतिबेला ३०२ एक्युआई छ। त्यसैगरि भारतको राजधानी नयाँ दिल्लीको एक्युआई अहिले २७४ छ भने पाकिस्तानको लाहोरको २५९ छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहनु अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।

मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण यतिबेला वायु प्रदूषण बढेको हो।

औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार ९क्रस बोर्डर० प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि नेपालमा वायु प्रदूषण बढ्ने गरेको छ ।


प्रतिकृया दिनुहोस्