Skip

Hamro Sanchar

गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमण : तीन सशस्त्र प्रहरी घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २६ गते


काठमाडौं । पर्साको वीरगन्जमा तस्कर समूहको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते भएका छन्

वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन सशस्त्र प्रहरी घाइते भएका हुन् ।

आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको सात लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ ।

कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएको थियो । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीको दुईवटा गाडीमा क्षति पुगेको छ ।


प्रतिकृया दिनुहोस्