Skip

Hamro Sanchar

केपी ओली आज झापा जाँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २३ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार(आज) गृहजिल्ला झापा जाने भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् ।

निकटस्रोतका अनुसार ओली मध्यान्ह हवाई मार्गमार्फत झापा जान लागेका छन् ।

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह९बालेन० पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको प्रतिस्पर्धा पेचिलो बनेको छ ।


प्रतिकृया दिनुहोस्