
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको मत जितेर आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी गरेका छन् ।
बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सामाजिक सञ्जाल चलाएर नभई जनतालाई डेलिभरी दिएर आफ्नो पार्टी स्थापित भएकाले जनताको मत जितेर देशको नेतृत्व गर्ने दाबी गरे । उज्यालो पार्टीले जेनजीको भावना अनुसार देशको परिवर्तन गर्ने लक्ष्य लिएर अघि बढेको उनले बताए ।
घिसिङले भाषण गरेर कोही पनि प्रधानमन्त्री नहुने भन्दै कामले र जनताले चुनेपछि मात्रै प्रधानमन्त्री हुने तर्क गरे ।
उनले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका धेरै उम्मेदवारहरू मधेस प्रदेशमा रहेकाले नजिता पनि आफ्नो पार्टीको पक्षमा आउने धारणा राखे ।
घिसिङले अहिले मधेसका जनतासँग भेटघाटका लागि आफूहरू आएको भन्दै पछि फेरी एजेन्डा सहित आउने बताए ।

















