Skip

Hamro Sanchar

हामी कसैसँग गठबन्धन नगरी चुनाव जित्दैछौँ, पहिलो पार्टी बन्छौ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २२ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावमा कसैसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्।

आज बिहान नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नहुने स्पष्ट पारेका हुन्।

‘चुनावमा उहाँले कुनै पनि पार्टीसँग अब नेकपाले तालमेल नगर्ने स्पष्ट पार्नुभयो,’ बैठकमा सहभागी नेकपाका नेता लीलामणि पोखरेलले भने, ‘हामी कुनै पनि पार्टीसँग तालमेल नगरी पहिलो पार्टी बन्दैछौँ भन्ने कुरा उहाँले गर्नुभयो।’

प्रचण्डले कुनै पनि पार्टीका नाम नलिइ जनताबाट अस्वीकृत र तिरस्कृतहरूसँग गठनबन्ध नगर्ने नीति आफ्नो पार्टीले लिएको बताए। ‘अहिलेसम्मको चुनाव प्रचारको ‘ट्रेन्ड’ हेर्दा हामी अरु दलभन्दा अगाडि छौँ,’ सम्बोधनको क्रममा प्रचण्डले भनेका छन्, ‘हाम्रा उम्मेदवारले जनताबाट रेस्पोन्स पाइरहेका छन्। चुनाव हामी जित्दैछौँ।’

नेकपाका सहसंयोजक माधवकुमार नेपालले पनि बैठकलाई सम्बोधन गरेका थिए।

जुम बैठक करिब एक घण्टासम्म चलेको थियो। बैठकमा देशभरबाट पार्टीका केन्द्रीय सदस्यहरु सहभागी भएका पोखरेलले बताए ।


प्रतिकृया दिनुहोस्