Skip

Hamro Sanchar

झापाबाट बालेनले भने : मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २० गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका छन्।

मन्त्री र सांसदले खाएको तलबले देश नडुबेको पनि उनले बताए।

प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो, झापा ५ को कमल गाउँपालकाका स्थानीयहरूसँग आज कुराकानीका क्रममा शाहले भने, मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन।

शाहलाई एक जना स्थानीयले प्रदेश संरचना खारेजी गरे शिक्षा र स्वास्थ्य लगायत क्षेत्रका लागि बजेट पर्याप्त हुने कुरा गरेका थिए। त्यसको जबाफमा शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका हुन्।

ती स्थानीयले आफू २० वर्ष खाडी मुलुक बसेर आएको र नेपालमा लगानी गर्न पैसा नबचेको कुरासमेत सुनाएका थिए।

साथै उनले शिक्षा र स्वास्थ्य पूरै निस्शुल्क गर्न नसके पनि केही सहुलियतपूर्ण बनाउन सकिन्छ कि सकिँदैन भनेर शाहलाई सोधेका थिए।

जबाफमा शाहले विपन्न विद्यार्थीलाई शिक्षामा सहयोग हुँदै आएको बताएका थिए।

शिक्षा निस्शुल्क गर्ने भनेर संविधानमा त लेखियो तर बजेट छैन, शाहले भने, खल्तीमा पैसा नहुलेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्‍यो, खल्तीमा पैसा हुनेले व्यापार गर्न पाउनुपर्‍यो ।


प्रतिकृया दिनुहोस्