Skip

Hamro Sanchar

बालेनको चुनावी अभियान तीब्र, झापाका मतदातासंग भेटघाटमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २० गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह चुनावी अभियानमा जुटेका छन् ।

आज बिहान बालेनले रास्वपा कमल गाउँ पालिकाका वडा सभापतिसँग छलफल गरेका छन् । उनले चुनावी अभियानमा झापाका विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गर्दै मतदाताका समस्या सुन्दै आएका छन् ।

एक साता लामो पश्चिम भ्रमण सकेर काठमाडौं फर्किएका बालेन फेरि झापा पुगेका हुन् ।

बालेन फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने भएकाले पनि बालेनको चर्चा चुलिएको छ ।


प्रतिकृया दिनुहोस्