Skip

Hamro Sanchar

परराष्ट्रले भन्यो : इरानमा हुने नेपाली छिटो स्वदेश फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १८ गते


काठमाडौं । सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ ।

अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न भनेको हो ।

‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौँ’ परराष्ट्रले भनेको छ ।

सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण डकुमेन्टहरू पासपोर्स्ट, परिचयपत्रलगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि भनेको छ । परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावासँग सम्पर्कमा रहिरहन पनि भनेको छ ।

इरानमा नेपाली भएको तर, कति संख्यामा छन् भन्ने तथ्यांक छैन ।


प्रतिकृया दिनुहोस्