Skip

Hamro Sanchar

टिकट नपाएपछि यज्ञजित शाहले छाडे एमाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले छाडेका छन् ।

टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् ।

रुपन्देही-३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट थिए । उनी रुपन्देही-३ बाट उम्मेदवार आकांक्षी थिए ।

शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका छन् । शाहले ९ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए ।

पार्टीमा कुनै अवसर नपाएको उनले राजीनामा पत्रमा गुनासो गरेका छन् । शाह ०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन्।

 


प्रतिकृया दिनुहोस्