Skip

Hamro Sanchar

स्कुल बस दुर्घटना हुँदा धरानमा ५ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


धरान । धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज (माघ ४) भेडेटारतर्फबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठक्कर दिँदा पसलसमेत क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा परी मृत्यु भएका पाँचजना बसमा सवार थिए वा बाहिरका व्यक्ति थिए भन्ने विषयमा हालसम्म यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी विष्णु बाबु राईले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी राईले बताए ।


प्रतिकृया दिनुहोस्