Skip

Hamro Sanchar

शेरबहादुर देउवा समूहको रिट दर्ता, पेसी पर्सि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले पार्टीका विषयमा निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै आइतबार (माघ ४)सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

रिट दर्ता भइसकेको सर्वोच्च प्रशासनले जनाएको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । यो रिटको पेस आजैका निम्ति तोक्न देउवा समूहका कानुन व्यवसायीले आग्रह गरेका थिए ।

तर, सर्वोच्च प्रशासनले यस दिन सुनुवाइ सम्भव नभएको जनाएको कानुन व्यवसायीले जानकारी दिए ।

सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका निम्ति तोकेको छ । भोलि (माघ ५) सार्वजनिक बिदा छ । आयोगले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा समूह सर्वोच्च गएको हो ।

रिट दायर गर्ने क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मालगायत नेताहरू सर्वोच्च पुगेका थिए । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


प्रतिकृया दिनुहोस्