Skip

Hamro Sanchar

उमेदवार छनोटबारे योगेश : निर्णय सुनेर विचलित नहुनू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले उमेदवार छनोटको निर्णय सुनेर विचलित नहुन अनुरोध गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईले उच्च मनोबल र एकताका साथ एमालेका उमेदवारहरूलाई विजयी बनाउन आफनो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गरे ।

नेकपा एमालेका प्रिय कमरेडहरू निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु, उनले लेखेका छन्, अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उमेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु । हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।

शनिबार बसेको एमाले सचिवालय बैठकमा उनले तीनबुँदे नोट अफ डिसेन्ट राखेका छन् । उमेदवारको मापदण्ड नबनाइ टिकट बाँडिएको भन्दै असहमति राखेका हुन् ।


प्रतिकृया दिनुहोस्