Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आन्तरिक प्रतिस्पर्धामा पहिलो मत ल्याएका रिमाललाई ओलिले लाए पाखा, दिएनन् टिकट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


Advertisement

काठमाडौं । नेकपा एमालेले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ।

शनिबार मध्यरातसम्म चलेको सचिवालय बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको अधिकांश निर्वाचन क्षेत्रको टुंगो लगाएको हो।

यसरी उम्मेदवार टुंगो लगाउँदा दैलेख–२ मा आन्तरिक प्रतिस्पर्धामा पहिलो मत ल्याएका विष्णु रिजाल पाखा लगाइएका छन्।

दैलेख–२ मा निर्वाचन क्षेत्रीय कमिटीले मतदानमार्फत् उम्मेदवार सिफारिस गरेको थियो।

प्रतिस्पर्धामा रिजालले ६७ मत ल्याएर पहिलो नम्बरमा सिफारिस भएका थिए। प्रतिस्पर्धी रहेका लक्ष्मी पोखरेलले ६६ मत प्राप्त गरेका थिए।

एमाले सचिवालय बैठकले उनैलाई उम्मेदवार सिफारिस गरेको छ । ुनिर्वाचन क्षेत्र, जिल्ला र प्रदेशले एक नम्बरमै उम्मेदवार सिफारिस गरेका थिए। मत पनि पहिलो ल्याएको हुँ, के योग्यता पुगेनछ, रिजालले भने।

रिजाल गत महाधिवेशनमा कर्णाली भूगोलबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनी यसअघि पनि केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।


प्रतिकृया दिनुहोस्