Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको विरोध प्रदर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ३ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयप्रति गम्भीर आपत्ति जनाउदै युवा संघले शनिबार काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

गैरकानुनी, अनैतिक र दण्डहिनतालाई प्रश्रय दिने काम स्वीकार्य नहुने भन्दै प्रदर्शन गरिएको युवा संघले जनाएको छ।

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिने कदम दण्डहिनताको पराकाष्ठा भएकोले विरोध गरिएको बताए ।

त्यस्तै, अन्य ठूला प्रकरणमा पनि सरकारको ध्यान जान नसकेको र सेटिङमा चल्न थालेको उनले आरोप लगाए ।

उनले नागरिक सरकारमा पनि जनताले ठग्ने काम गरेको भन्दै गलत काम नरोकिए देशैभर आन्दोलन गर्ने चेतावनी दिए ।


प्रतिकृया दिनुहोस्