Skip

Hamro Sanchar

बालेन चुनाव लड्ने तयारी गरेको झापा–५ मा नेकपाको उमेदवार रञ्जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ३ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले झापा–५ मा रञ्जित तामाङलाई उमेदवार बनाउने भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा–५ बाट चुनाव लड्न तामाङलाई टिकट दिएका हुन् ।

विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका तामाङले आज बिहान अध्यक्षले टिकट दिएको जानकारी दिए । “अध्यक्षज्यूले आज बिहान टिकट दिनुभएको हो । झापा–५ बाट उमेदवार बन्दै छु,” उनले भने ।

तामाङले उक्त विषय सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेका छन् । झापा–५ पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो । सोही क्षेत्रबाट बालेन्द्र शाह ९बालेन० पनि चुनाव लड्ने तयारीमा छन् ।


प्रतिकृया दिनुहोस्