
काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएको छ ।
देउवा समूहका नेता पूर्णबहादुर खड्काले शुक्रबार बेलुका निर्वाचन आयोग अघि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको सभापतिमा अद्यावधिक गर्ने निर्णय गरेसँगै उनको यस्तो प्रतिक्रिया आएको हो ।
“जे आशंका गरेका थियौँ त्यही भयो । स्थापित नजिरको विरुद्धमा छ आयोगको निर्णय,” खड्काले भने, “हामी राजनीतिक र वैधानिक सबै लडाइँ लड्छौँ । के के हुन्छ, त्यो गर्छौं ।” उनले निर्णयलाई सेटिङमा भएको भनी आरोप लगाए ।
“यो निर्णय धेरै समयअघिदेखिको सबै सेटिङमा भएको छ,” उनले भने, “एक पक्षले दाबी गरेको बारेमा मूल कांग्रेसको सभापति शेरबहादुर देउवालाई एकपल्ट पनि नबोलाइ एकपक्षीय ढंगले निर्णय गरिएको छ ।

















