Skip

Hamro Sanchar

गगन नेतृत्व कांग्रेसले दियो निर्वाचन आयोगमा धर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २ गते


काठमाडौ  । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ।

शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेताहरूले आयोग अगाडि धर्ना दिएका हुन् । आयोग अगाडि नेताहरू पलेँटी कसेर धर्नामा बसेका छन् ।

शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।

आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।


प्रतिकृया दिनुहोस्