Skip

Hamro Sanchar

उम्मेदवार टुंग्याउन एमालेले बोलायो सचिवालय बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २ गते


काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोलि शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।

जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ ।

यस अघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्