Skip

Hamro Sanchar

केपी ओली भन्छन्  : एमाले नेताको ज्यान जोखिममा छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताको ज्यान जोखिममा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘आज पनि ज्यान जोखिममा छ । अहिले मुद्दा लगाउँछु, भरे लगाउँछु भनिरहेकै छन् । खोजीखोजी घरमा आगो लगाइरहेकै छन् । अहिले सजिलो छ र ?’ उनले भने, ‘एमाले भयो भने घरमा आगो लगाउँछु भनेका छैन, आगो लगाएका छन् । अहिले पनि सजिलो छैन ।’

उनले आगो लगाउनेदेखि सरकार अपदस्त गराउनेहरु गर्वका साथ हिँडिरहेको बताए । उनले हिजोजस्तै आज पनि नेतृत्वमा त्यागको भावना रहेको बताए । बिना त्याग संसार बदल्न नसकिने अध्यक्ष ओलीको भनाइ छ ।

‘हिजो पनि थियो, आज पनि त्यागको भावना छ । बिना त्याग संसार परिवर्तन हुँदैन । मेहनत, बलिदान, निष्ठा चाहिन्छ । आदर्श र उद्देश्यहरूप्रति हिजो पनि निष्ठा थियो, आज पनि छ ।


प्रतिकृया दिनुहोस्