Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगन र विश्वप्रकाशसँग देउवाको आग्रह : पार्टी नफुटाऊ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३० गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी नफुटाउन आग्रह गरेका छन्।

आज  बिहान आफ्नै निवास महाराजगन्जमा भएको वार्ताका क्रममा देउवाले दुवै महामन्त्रीलाई अन्यन्त भावुक हुँदै पार्टी नफुटाउन आग्रह गरेका हुन्।

वार्तामा सहभागी कांग्रेसका प्रवक्ता प्रकाशरण महतले  भने, ‘हामी पनि थियौँ, उहाँले पूरै भावुक भएर कुरा राख्नुभएको छ।’

देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘पार्टी फुट्नु हुँदैन। म उदार हुन तयार छु। हस्ताक्षरको समस्या हो भने त्यसलाई समस्याका रूपमा लिनु पर्दैन। जुनसुकै नेतालाई पनि हस्ताक्षरको अधिकार दिन तयार छु। केन्द्रीय समितिको निर्णअनुसार पहिला मेरै हस्ताक्षरमा गयो। समानुपातिक सूचीमा पनि गइसक्यो। अहिले प्रत्यक्ष निर्वाचनको बाँकी हो। त्यसमा चाहिँ निर्वाचन आयोगलाई समस्या छैन भने म पार्टीका जुनसुकै नेतालाई हस्ताक्षरको अधिकार दिन तयार छु। पार्टी नफुटाऊ। म अब (सभापति) हुने पनि होइन। वैशाखमा तपाईं जो कोही पनि हुन सक्नुहुन्छ। किन यसो गर्नुहुन्छ, नगर्नूस्।’

तर महामन्त्रीद्वयले अहिल्यै नेतृत्व छाड्न जिकिर गरेपछि वार्ता बिनानिष्कर्ष सकिएको प्रवक्ता महतले बताए।

बुधबार बिहान देउवा निवासमा उनीहरूबिच १ घण्टाजति वार्ता भएको थियो। केन्द्रीय कार्यसमितिको बहुमतले पार्टीको पन्धौँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरे पनि नमानेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसमा विवाद भइरहेको छ।

पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन २९ गतेदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ ।


प्रतिकृया दिनुहोस्