Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँ–२ बाट प्रतिनिधिसभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १९ गते


Advertisement

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सो घोषणा गरेकी हुन् ।

उलले काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि प्रधानमन्त्री र राष्ट्रपति जस्ता उच्च पदमा पुगेको भएपनि अपेक्षित विकास हुन नसेको उनको भनाइ छ । उनले उक्त क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले स्थानीयका समस्याहरु संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको आरोप पनि लगाइन् । उनले यस क्षेत्रमा रहेको खानेपानी र सडकको समस्या समाधान गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको पनि बताइन् । उनले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने तथा सानो आम्दानीका लागि विदेश जान बाध्य नहुनुपर्ने नागरिकको चाहना रहेको बताउँदै आफू निर्वाचित भए सोहीअनुसार अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।

उनले भनिन्, ‘प्रधानमन्त्री पनि यो क्षेत्रले पायो, राष्ट्रपति पनि यो क्षेत्रले पायो । तर विकास केही पनि भएन । यहाँका जनताबाट चुनिएर गएका प्रतिनिधिहरुले यहाँका समस्याबारे संसदमा आवाज उठाएको पनि पाइँदैन । यहाँ खानेपानीको समस्या छ, बाटोको मसस्या छ । अझ साँखुतिर तर एम्बुलेन्स जाने बाटो पनि छैन । नागरिकले शिक्षा, स्वास्थ्य निःशुल्क होस् । र ३०–४० हजारको लागि विदेश जान नपरोस् भन्ने मात्रै त चाहेका हुन् नि । मैले चुनाव हारेपनि यहाँका नागरिकसँग जे जे वाचा गरेको थिएँ सबै पूरा गरेको छु । अहिले यो क्षेत्रले भूगोल बाहिरको उम्मेदवार नपाओस् भनेर कामना पनि गर्छु ।’

उनले महिलालाई उद्यमशीलता तालिम दिने कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै निर्वाचनमा पराजय भए पनि नागरिकसँग गरेका प्रतिवद्धता पूरा गर्दै आएको दाबी पनि गरिन् । –न्युज एजेन्सी नेपाल


प्रतिकृया दिनुहोस्