Skip

Hamro Sanchar

इक्यान केन्द्रिय सदस्यमा उद्धव बनको उम्मेदवारी घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १८ गते


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय सदस्य पदका लागि उद्धव बनले उम्मेदवारी घोषणा गरेका छन्। इलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सीका अध्यक्षसमेत रहेका बनले आगामी पुस २८ गते हुने इक्यानको महाधिवेशन तथा २०औँ साधारणसभामा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

विगत ६ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहेका बन इलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन्। उनी अनलाइन समाचार पोर्टल हाम्रोसंचार डटकमका कार्यकारी निर्देशक तथा समाजसेवीसमेत हुन्।

संस्थागत सुदृढीकरण, पेशागत मर्यादाको संरक्षण र इक्यानको उज्ज्वल भविष्य निर्माणका लागि आफूले उम्मेदवारी दिएको बनले बताए। साना, मध्यम तथा ठूला सबै प्रकारका शैक्षिक परामर्श संस्थाहरूका समस्यालाई केन्द्रीय तहसम्म पुर्‍याई समाधानमुखी पहल गर्ने, इक्यानलाई अझ सशक्त, व्यवस्थित र प्रभावशाली संस्थाका रूपमा विकास गर्ने उनको प्रतिबद्धता रहेको छ।

त्यसैगरी विद्यार्थीहरूको भविष्य निर्माणका लागि सही मार्गदर्शन, पारदर्शिता र व्यावसायिक नैतिकतालाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताएका छन्।

बर्तमान कार्यसमितिमा रही इक्यानको युके विभागमा काम गरिसकेका बनले विगतको अनुभव र व्यावसायिक निष्ठालाई आत्मसात गर्दै यसपटक केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको उल्लेख गरे।

‘समस्त इक्यानियन मित्रहरूको माया, विश्वास र सहयोगले व्यावसायिक हकहितका लागि निरन्तर काम गर्ने मेरो संकल्प छ,’ उनले भने।


प्रतिकृया दिनुहोस्