Skip

Hamro Sanchar

रवि र कुलमानको तस्वीर सेयर गर्दै बालेनले लेखे : म नेपाल हाँसेको हेर्न चाहन्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १४ गते


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर सेयर गर्दै नेपाल हाँसेको हेर्न चाहेको टिप्पणी गरेका छन् ।

म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन् । कुलमान घिसिङलाई रास्वपा ल्याउनेगरी सहमति भएपछि बालेनले तस्वीर सेयर गर्दै उक्त पोस्ट गरेका हुन् ।

बालेन भने हिजो बिहानै रविसँगका एकतामा हस्ताक्षर गरेका थिए । कुलमानसँग पनि केहीबेर अघि एकतामा हस्ताक्षर भएको छ ।


प्रतिकृया दिनुहोस्