Skip

Hamro Sanchar

सुदन गुरुङ लेख्छन् : जेनजी आन्दोलनको बलिदान प्राथमिकतामा राख्नेलाई मात्र हामी स्वीकार्ने छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १२ गते


काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले आफूहरू कुनै पनि राजनीतिक दलमा संलग्न नरहेको स्पष्ट गर्दै राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि राखेर वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गर्ने अभियानमा लागेको बताएका छन्।

शनिबार फेसबुकमा लेख्दै गुरुङले सत्ताको पद वा व्यक्तिगत प्रसिद्धिले आफूहरूलाई आकर्षित नगर्ने उल्लेख गर्दै भनेका छन्, ‘हाम्रो दाजुभाइ र दिदीबहिनीको बलिदानमा उभिएर सत्तामा पुग्ने सपना देख्नेहरूले जेनजको जनादेश सम्झनुपर्छ।’

उनका अनुसार जेनजीले साहसी युवालाई नेतृत्व र सम्मानजनक स्थान दिनुका साथै सहिद र घाइतेको बलिदानलाई प्राथमिकतामा राख्ने राजनीतिक शक्तिलाई मात्र स्वीकार गर्नेछ।

 


प्रतिकृया दिनुहोस्