Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देउवाले सञ्चारमन्त्रीलाई भने : सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाओस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ११ गते


Advertisement

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन हुने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् ।

आज बिहान आफ्नो निवासमा पुगेका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले यस्तो सुझाव दिएका हुन्।

सरकारले अहिलेसम्म पनि निर्वाचन हुने विश्वसनीय वातावरण नबनाएको भन्दै देउवाले निर्वाचनको वातावरण तत्काल बनाउन सरकारलाई आग्रह गरेका हुन्।

सरकारका प्रवक्तासमेत रहेका खरेलले आज प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका हुन्।

देउवालाई भेटेपछि मन्त्री खरेल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न गुण्डु पुग्नेछन्।

सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ।


प्रतिकृया दिनुहोस्