Skip

Hamro Sanchar

जेनजीसंगको भेटमा बालेनले भने : म चुनावमा होमिएँ, सहकार्य गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १० गते


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू चुनावमा होमिएको बताएका छन् । बिहीबार जेनजी प्रतिनिधिहरूलाई बोलाएर उनले आफू चुनावमा होमिएको बारेमा बताएका हुन् ।

उनले सहकार्यका लागि पनि आग्रह गरेका थिए । म चुनावमा होमिए, अब सहकार्य गरौँ,उनले भने ।

बालेनले बोलाएको छलफलमा जेनजी सुधन गुरूङ, रक्षा बम, प्रदीप ज्ञवाली, पुरूषोत्तम यादव सहभागी थिए ।

बालेनले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतसँग पनि भेटेका थिए ।

भट्टराईसँगको भेटमा पनि बालेनले आफू राजनीतिमा आएको र अभिभावकका रुपमा सल्लाह, सुझाव दिन आग्रह गरेका थिए । बालेनले भट्टराईलाई भनेका थिए, म राजनीतिमा आए, अभिभावकका रूपमा सल्लाह सुझाव दिनुपर्‍यो ।

बालेनले फोन गरेरै बोलाएपछि आफू आएको बाबुरामले भेटेपछि प्रतिक्रिया दिएका थिए ।


प्रतिकृया दिनुहोस्