Skip

Hamro Sanchar

नक्खु कारागारबाट भागेर युवकको हत्या गरेका कैदी रोल्पाबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ९ गते


काठमाडौं । जेनजी आन्दोलनमा ललितपुरको नक्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका आरोपी पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फरार कैदी आकाश मगरलाई रोल्पाबाट पक्राउ गरेर बुधबार काठमाडौँ ल्याएको एसपी काजीकुमार आचार्यले बताए।

मगरले असोज १३ गते ठमेलमा खुकुरी प्रहार गरी मकवानपुरका २५ वर्षीय सुरज तामाङको हत्या गरेको आरोप छ।

मगरले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका सुरजलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। चिकित्सकले त्यसैदिन मृत घोषणा गरेका थिए।

फरार आकाश यसअघि लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका थिए। तर जेनजी आन्दोलनमा भदौ २४ गते नक्खुकारागारमा भेला भएका प्रदर्शनकारीले कैदीबन्दी भगाएका थिए।

त्यसपछि देशका अन्य कारागारबाट पनि कैदीबन्दी फरार भएका थिए। भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर १० जना कैदीबन्दीको मृत्यु भएको थियो।


प्रतिकृया दिनुहोस्