Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्ड-माधवले डल्लु पुगेर भेटे झलनाथपत्नी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ९ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

खनालनिवास डल्लु पुगेर प्रचण्ड माधवले स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको प्रचण्ड सचिवालयले जनाएको छ।

चित्रकारलाई गत साता भारतबाट उपचार सकेर काठमाडौं ल्याइएको थियो। स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको भेटमा नेता खनालले जानकारी गराए ।


प्रतिकृया दिनुहोस्