Skip

Hamro Sanchar

बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ८ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउने भन्ने खालको छलफलमा प्रवेश नै नगरेको बताएका छन्।

अदालतको तारेखमा हाजिर हुन भैरहवा जान लागेका उनले आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्रै केन्द्रित भएको बताए।

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘हामी त्यसमा प्रवेश गरेका छैनौँ। पहिले त थाहा पाउनुपर्‍यो। कुराकानी हुनुपपर्‍यो। के कस्तो छ भन्ने बुझ्नु पर्‍यो। एक अर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्‍यो।’

सोमबार काठमाडौँमा बालेन र रविबीच छलफल भएको थियो। लामिछानेले विस्तारै राजनीतिक विषयमा प्रवेश गर्ने बताए। ‘विस्तारै राजनीतिक कुरामा हामी प्रवेश गर्छौंँ,’ उनले भने।

नयाँ शक्तिहरुसँग संवाद गर्ने आफूहरुको नीति अनसार नै बालेनसँग भेटघाट भएको समेत उनले प्रस्ट पारे। ‘हामीले नयाँ शक्तिहरुसँग संवाद गर्ने भनेकका थियौँ,’ लामिछानेले भने, ‘त्यसकै कडिका रुपमा यो छलफल अगाडि बढाएका हौँ।’

उनले बालेनसँग मात्रै नभइ अन्य राजनीतिक शक्तिहरुसँग पनि कुराकानी हुने जानकारी दिए। ‘अब हामी अन्य राजनीतिक शक्तिहरुसँग पनि छलफल गर्छौँ,’ लामिछानेले भने, ‘अब कुलमानजीसँग पनि कुराकानी गर्छौं। हामी सबैसँग कुराकानी गरेर एक ठाउँमा आउनका लागि प्रयास गर्छौं। मैले भने अनुसार रास्वपा अगाडि बढेको छ


प्रतिकृया दिनुहोस्