
काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरोधी अर्का नेतामाथि आक्रमण भएको छ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिक्दरलाई सोमबार दिउँसो खुलनामा रहेको उनको घरभित्रै गोली हानिएको हो।
रिपोर्टअनुसार आक्रमणकारीहरूले मोतालेबको टाउकोमा सिधै गोली हानेका थिए, यद्यपि स्थानीयले अस्पताल पुर्याएकाले उनको ज्यान बचेको छ। गम्भीर घाइते उनको हाल उपचार भइरहेको छ।


















