Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उपमहासचिवमा पराजित विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३ गते


Advertisement

काठमाडौं । पदाधिकारीमा पराजित भएका नेकपा (एमाले)का नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारेका छन्।

एमाले केन्द्रीय निर्वाचत आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार, रिमालले केन्द्रीय सदस्यमा ६३० मत मात्रै पाएका छन्। केन्द्रीय सदस्यमा निर्वाचित हुने उम्मेदवारले कम्तिमा १ हजार ५०० मत पाएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता रिमाल यसअघि उपमहासचिवमा पनि पराजित भएका थिए। उनले १ हजार ९१ मत पाएका थिए।

एमाले उपमहासचिवमा उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका हुन्। लेखराजले १ हजार ४५२, रघुवीरले १ हजार ३६८ र योगेशले १ हजार ३४८ मत पाएका छन्। एमालेमा तीन जना उपमहासचिव रहने व्यवस्था छ ।


प्रतिकृया दिनुहोस्