Skip

Hamro Sanchar

एमाले महाधिवेशन ‌: मतगणना सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३ गते


काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले मतगणना सुरु भएको जानकारी दिए । काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान ९:२० मा सुरु गरिएको मतदान साढे २१ घन्टापछि बिहीबार (आज) बिहान ७ बजेतिर सकिएको थियो।

एमाले निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि रहेकामा २ हजार २ सय २७ मत मात्रै खसेको छ। ३६ जना मतदाता भने विभिन्न कारण मतदानमा सहभागी हुन सकेनन्।

एमाले निर्वाचन आयोगका अनुसार मतदानमा मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्य, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला,दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत उपस्थित हुन नसकेका हुन्।

एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्।

दुवै प्यानलमा नपरेकाहरूले स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिएका छन्।


प्रतिकृया दिनुहोस्