
काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न ४ बजेसम्म ७ सय मत खसेको छ ।
एमालेको निर्वाचन आयोगका अनुसार २२ सय ६३ मतदाता रहेकामा ४ बजेसम्म करिब एकतिहाइ मत खसेको हो । आज बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको थियो ।
एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् । ओली र पोखरेल प्यानलसहित पार्टी नेतृत्वमा प्रतिस्पर्धा गरिरहेका छन् । भृकुटीमण्डपमा मतदान जारी छ । विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको छ ।


















