Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नाङ्लेपटाप सडक कालोपत्रे लागि ३० करोडको ठेक्का आव्हान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ४ गते


Advertisement

काठमाडौं । शंखरापुर नगरपालिकाको वडा नं १ स्थित नाङ्लेपटाप सडक निर्माणका लागि ३० करोडको ठेक्का लागेको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गत पूर्वाधार बिकास कार्यालयबाट सो ठेक्का आव्हान भएको हो । शंखरापुर नगरपालिका वडा नं १ को लामबिसौनाबाट शुरु हुने ९ किलोमिटर उक्त सडक सिन्धुपाल्चोकको जर्केखोलासम्म कालोपत्र हुनेछ ।

२०५० सालमा तत्कालिन नाङ्लेभारे गाबिसका निर्वाचित अध्यक्ष श्याममणी ढुङाना, उपाध्यक्ष भरत प्रसाद दंगाल, चेतनाथ तिमल्सिना, भूमी प्रसाद दंगाल तथा बासुदेब दंगाल लगायतले ट्रयाक खन्न शुरुवात भएको उक्त सडक करिव ३२ बर्षपछी स्तरोन्नति भई कालोपत्र हुन लागेको हो ।

करिव ५४ करोड लागत ईस्टमेट गरिएको सडक बहुबर्षे योजना अन्तरगत ३ बर्षमा सम्पन्न गर्ने योजना रहेको छ ।

पछिल्लो पटक सडक निर्माणका लागि एमालेका स्थानिय नेता अमृत दंगाल सकृय थिए ।


प्रतिकृया दिनुहोस्