Skip

Hamro Sanchar

बलिउड अभिनेता धर्मेन्द्रको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २५ गते


मुम्बई । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय सञ्चारमाध्यमले मंगलबार बिहान उनको निधनको समाचार लेखेका छन् ।

स्वास्थ्य बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । देओल परिवार निकट स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई निधनपछि विदेशबाट मुम्बई बोलाइएको छ ।

सोमबार राती सनी देओल अस्पताल बाहिर धेरै भावुक देखिएका । बबी देओल पनि अल्फाको छायांकन छोडेर आफ्नो बुबालाई भेट्न मुम्बई फर्किएका थिए ।

सोमबार राति अबेर शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू ब्रीच क्यान्डी अस्पताल पुगेका थिए ।


प्रतिकृया दिनुहोस्