
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भैरहवाबाट आज काठमाडौँ फर्किने भएका छन्।
रास्वपा प्रवक्ता मीनष झाले उनी बुद्ध एयरको बिमानमार्फत भैरहवाबाट ३ः१० मा काठमाडौँ फर्किने नेपालखबरलाई जानकारी दिए।
सहकारी ठगी प्रकरणमा लामिछाने भैरहवा कारामा थिए। तर, उनलाई कारागार स्थानान्तरण गर्न अदालतले दिएको आदेश पालाना नगरेको भन्दै आलोचना भएपछि सरकारले उनलाई काठमाडौँ ल्याउन लागेको हो।
गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।














