
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मल आपूर्तिको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सम्बन्धित निकाय जबाफदेही हुन नसक्दा नेता र मन्त्रीहरूले गाली खानुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेको वाहवाही भइरहेको बताए ।
उनले हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैँ जबाफदेही हुनुपर्ने बताए
नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने उल्लेख गर्दै उनले भने, ‘किसानले किन ‘मल पाएनौँ’ भनिरहेका छन् रु यो गुनासो तत्काल सम्बोधन गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु । सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भइरहोस्। समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो।’
प्रधानमन्त्री ओलीले मंगलवार मल आपूर्तिको जिम्मेवारी लिएका संस्थाका पदाधिकारीहरूसँगको छलफलमा आफ्नो उत्तरदायित्वबाट नपन्छिन भनेका छन् ।
प्रधानमन्त्री ओलीले आफूलाई अरू कुरा भन्दा पनि मल चाहिएको बताए । उनले भने, ‘मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ । के भएर मल आउँदैन ? मैले प्रधानमन्त्री हुने बित्तिकै आइन्दा मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको थिएँ।’














