Skip

Hamro Sanchar

वीरगञ्ज कारागारका एक कैदीको मृत्यु, आफन्तले गरे प्रदर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २७ गते


काठमाडौं । वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मंगलबार बिहानदेखि छाती दुख्ने र फुल्ने समस्या देखिएपछि कैदी साहलाई नारायणी अस्पताल पुर्‍याएको र उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख खिमराज भुसालले जानकारी दिए।

साह २०७९ देखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए।

पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा आफन्तले विरोधस्वरूप प्रदर्शनीमा उत्रिएको बताए।

‘अस्पताल परिसरमा पर्याप्त सुरक्षाकर्मी खटाएर शान्तिसुरक्षा कायम गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने।


प्रतिकृया दिनुहोस्