Skip

Hamro Sanchar

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु, पालिकाभरिका विद्यालयमा शोक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २० गते


मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परी प्रधानाध्यापकको मृत्यु भएको छ।

गएराति भएको मोटरसाइकल दुर्घटनामा राक्सिराङ गाउँपालिकाको कालीका माध्यममिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको हो।

शुक्रबार राति ११:२० बजे हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडस्थित पूर्व-पश्चिम सडकखण्डमा ना ४३ प ४५१८ नम्बरको मोटरसाइकलमा बुद्धचोकबाट थानाभञ्ज्याङतर्फ जाँदै थिए।

त्यसक्रममा दुर्घटना भएको भन्ने सूचनापछि ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामू अर्यालका अनुसार ४५ वर्षीय झा दुर्घटनापश्चात गम्भीर घाइते भएको अवस्थामा भेटिएका थिए।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा गएराति नै ११:५० बजे चिकित्सकले मृत घोषणा गरिदिएको डिएसपी अर्यालले बताए। झा धनुषाका हुन्।

विद्यालयको प्रधानाध्यापकको निधन भएपछि राक्सिराङ गाउँपालिकाले पालिकाभरिका विद्यालयहरूमा शुक्रबार शोक बिदा दिएको छ ।


प्रतिकृया दिनुहोस्