Skip

Hamro Sanchar

अख्तियारका डीआईजी  हिमालय श्रेष्ठको सरुवा रोकियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १७ गते


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा रोकिएको छ।

अबधि नपुगेको भन्दै उनको सरुवा थमौती गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिएका छन्।

भर्खरै बढुवा भएका डीआईजी ओम बहादुर रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

यसअघि रानालाई अख्तियारमा पदस्थापन गरेर श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको पत्र बाहिरिएको थियो ।

प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालय टंगाल र रानालाई रानीपोखरीमा कामकाज गर्नेगरी खटाउने निर्णय गरिएको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्