Skip

Hamro Sanchar

अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १६ गते


काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाडौंमा रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको हो ।

रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि खाली ठाउँमा श्रेष्ठलाई सरुवा गरिएको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्