Skip

Hamro Sanchar

पोखरीमा डुबेर एकजनाको मृत्यु, ८ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ७ गते


चितवन । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए ।

साथीहरूसँग पौडी खेल्न गएका उनलाई डुबेको भेटेपछि उनका आठजना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्