Skip

Hamro Sanchar

विश्व पौडेलसहित गभर्नरका लागि ३ जनाको नाम सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ६ गते


काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । आज बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।

अहिले तीनजनाकै नाम लिएर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगिसकेका छन् ।


प्रतिकृया दिनुहोस्