Skip

Hamro Sanchar

लिङ्देनमाथि खनिए सूर्य थापा : कि तँ छैनस्, कि म छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ६ गते


काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनलाई चेतावनीसहित धम्की दिएका छन्।

वर्तमान शासन व्यवस्था परिवर्तनका लागि समझदारी गर्न तयार भए प्रधानमन्त्री केपी ओलीलाई भाग्नका लागि हेलिकप्टर व्यवस्था गर्ने लिङ्देनको अभिव्यक्तिलाई लिएर थापाले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन्।

माननीय लिङदेनजी, धेरै ठूलो कुरा गर्नु भएछ, जानकारी भयो। बहालवाला प्रधानमन्त्रीलाई भाग्नका लागि हेलिकप्टरको समेत व्यवस्थाको कुरा गर्नुभएछ– थाहा भयो,थापाले भने, अहिलेका प्रधानमन्त्री वा मन्त्रीहरु आन्दोलनबाटै आएकाहरू हुन्, जसले आन्दोलनमा लागे बापत आफूलाई दशकौं बिना कसुर, बिना मुद्दा कालकोठरीमा राख्यो, अङ्भङ्ग गरायो, तिनै पात्रलाई समेत उनीहरूले आन्दोलन सफल भएपछि– ‘फर्गिव नट फर्गेट’ अर्थात्, ‘नबिर्स तर क्षमा गर’को नीति अनुरुप ‘भागे भाग नत्र मार्छु’ भनेनन्।

लिङ्देनले हेलिकप्टर व्यवस्था गरौँला भन्नेबारे थापाले आपत्ति जनाउँदै यसलाई कसरी बुझ्ने भन्दै प्रश्न उठाए।

तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले कसरी बुझौं ? प्रतिस्पर्धा-सहअस्तित्व-सहकार्यको रुपमा कि, ‘कि तँ छैनस्– कि मँ छैन’ को निषेधकारी दृष्टिकोणमा ? ,उनले थप भनेका छन्, एक पटक ठण्डा दिमागले सोच्नुहोस्, जनसुकै शर्त मञ्जुर छ। जनताले पराजित गरेकाहरू संविधानको धारा २७० जपिरहनु भएको छ, तपाईंको त उम्रिँदै होइन, नउम्रिँदै तीन पात देखिँदै छ।


प्रतिकृया दिनुहोस्