Skip

Hamro Sanchar

प्रधानमन्त्री अस्वस्थ, संसद्‌मा प्रश्नोत्तर कार्यक्रम स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ६ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आजका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेबाट सुरु भएको छ ।

सभामुख देवराज घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले अनुपस्थित हुने हुँदा प्रश्नोत्तरलाई कार्यसूचीबाट हटाइएको बताए । प्रधानमन्त्री ओली अस्वस्थ रहेको कारण देखाउँदै सोमबारको मन्त्रिपरिषद् बैठक पनि रोकिएको थियो ।


प्रतिकृया दिनुहोस्