Skip

Hamro Sanchar

गभर्नर नियुक्ति चर्चाको बीच मन्त्रिपरिषद् बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ५ गते


काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ  ।

आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताइएको छ ।

मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछ ।

कांग्रेस र एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेकाले समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ ।


प्रतिकृया दिनुहोस्