Skip

Hamro Sanchar

दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ४ गते


काठमाडौँ । अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासत राख्न अनुमति दिएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले उनीमाथि अनुसन्धान गर्न थप ४ दिनको म्याद दिएको हो।

प्रहरीले तीनकुने घटनाको अनुसन्धान सुरु गरेको ५६ दिन भएको छ भने अब अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको बुझिएको हो। सरकारी वकिलको कार्यालयले तीनकुने घटनामा संलग्न रहेको आरोपमा १०० बढीलाई प्रतिवादी बनाउँदै अभियोग पत्र दायर गरिरहेको श्रोतले बताएको हो।

प्रसाईँलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ। राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको छ।

तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शन पछि प्रसाईँ फरार थिए। उनी भागेर भारत पुगेपछि भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएर अनुसन्धान गरिरहेको हो।


प्रतिकृया दिनुहोस्