
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सांसद रोशन कार्कीले मन्त्रीहरू संसद् बैठकमा भिडिओ गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्ने क्रममा उनले संसद् ढाँट्ने थलो रहेको महसुस भएको बताइन् । संसद्जतिको निरस ठाउँ अरु नरहेको उनको भनाइ थियो ।
‘मन्त्रीहरू यहाँ आउनुहुन्छ, भिडिओ गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ,’ उनले भनिन् ।
उनले बोल्ने तर बोलेका कुराहरू नसुन्ने ठाउँ संसद् रहेको भन्दै सरकारले जनतालाई सांसदहरुमार्फत् ढाँट्ने गरेको पनि बताइन् ।
मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याउने नाटक गरिएको उनले बताइन् ।
‘संसद् ढाँट्ने थलो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरस ठाउँ त केही पनि छैन । यहाँ बोलिँदो रहेछ, बोलेका कुराहरू सुनिँदो रहेनछ । यहाँ कुर्सीहरू खाली हुँदा रहेछन्,’ सांसद कार्कीले भनिन्, ‘सरकारले जहिले पनि जनतालाई सांसदहरूको मार्फतबाट ढाँट्दो रहेछ । यो बजेट बनिसक्छ । मन्त्रालयगत बजेटको बाँडफाँड भइसक्छ, सम्माननीय राष्ट्रपतिबाट नीति तथा कार्यक्रम आउँछ । नाटक हुन्छ त्यहाँ पनि । हामी संशोधन हाल्छौँ, गम्भीर हुन्छौँ ।’
साथै, उनले सामाजिक सञ्जालमा लेखेकै भरमा थुन्नु गणतन्त्र हो रु भन्दै प्रश्न गरिन् ।

















