Skip

Hamro Sanchar

सरकारको कार्यशैलीप्रति कांग्रेसकै सांसद असन्तुष्ट

"माओवादीसँग गठबन्धन गर्ने कुनै सम्भावना छैन"

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ३ गते


काठमाडौं । नेपाली कांग्रेसका सांसदले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र आफ्ना कुरा नसुनेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनीहरूले गभर्नरलगायत विभिन्न नियुक्ति बिनाकारण अड्काएर राखिएको बताए । सांसदले समान ढंगले बजेट वितरण हुनुपर्नेलगायत सुझाव दिए ।

बैठकमा गभर्नर, बजेटको क्षेत्रगत रूपमा सन्तुलित वितरणलगायत विषयमा छलफल गरिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संयुक्त सरकारमा कांग्रेसको ‘पोजिसन’का विषयमा पनि सांसदले कुरा राखेका उनले बताए ।

प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै उनले नेकपा ९एमाले०ले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको उल्लेख गरे ।

प्रमुख सचेतक घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले नेकपा ९माओवादी केन्द्र०का नेताहरूसँग छलफल गर्नु सामान्य भएको बताए । माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको उनले स्पष्ट पारे । सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको उनको भनाइ थियो ।

यस्तै, कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले दुई ठूला पार्टीको गठबन्धन रहेको अवस्थामा आफ्ना कुरा यथेष्ट सुनिएन कि भन्ने चिन्ता सांसदको रहेको बताए । उनले कतिपय नियुक्तिमा भइरहेको ढिलाइका विषयमा पनि सांसदले चासो व्यक्त गरेका उनले जानकारी दिए ।

नेता महतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभापति देउवाबीचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे।


प्रतिकृया दिनुहोस्